Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाई क्रेटाको ११भेरिएन्ट बजारमा उपलब्ध, यस्तो छ सबै मोडलको मूल्य !

हुन्डाई क्रेटाको एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो । यो एसयूभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयूभीका रुपमा परिचित छ ।

स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।नेपाली बजारमा क्रेटाको ११ भेरिएन्ट उपलब्ध छ ।

जुन यो सेग्मेन्टकै सर्बाधिक बढी भेरिएन्ट समेत हो । डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध यो एसयूभी ई, इएक्स, एस र एसएक्स गरी कुल ४ ट्रिममा उपलब्ध छ ।

जसमध्ये सबैभन्दा कम मूल्यको भेरिएन्ट ई डिजेल हो, जसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ पर्छ । अन्य भेरिएन्टमा ई डिजेल लोडेडको ४५ लाख ९६ हजार, ई पेट्रोलको ४७ लाख ५६ हजार, ई पेट्रोल लोडेडको ४७ लाख ९६ हजार, ईएक्स पेट्रोलको ५० लाख ९६ हजार, एस १.५ पेट्रोलको ५४ लाख ५६ हजार, एस डिजेलको ५७ लाख ५६ हजार र एसएक्स पेट्रोलको ६२ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।यी सबै एसयूभीमा १५ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ । त्यसैगरी १६ सय सीसी क्षमताको एसएक्स डिजेलको मूल्य ५९ लाख ९६ हजार तोकिएको छ ।

एसएक्स सिभिटीको ६८ लाख ९६ हजार र सबैभन्दा महंगो एसएक्स(ओ) सिभिटीको मूल्य ७४ लाख ९६ हजार तोकिएको छ । यी दुबै गाडीमा १५ सय सीसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ ।नेपाल अटो

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्