Logo
१२ बैशाख २०८१, बुधबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोरीले बाँधेर युवालाई कुट्ने जाजरकोटका वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

कर्णाली प्रदेश स्थित जाजरकोटमा डोरीले बाँधेर युवा कुट्ने जाजरकोटको जुनीचाँदेका वडाध्यक्ष रामबहादुर नेपाली ५ हजार धरौटीमा छुटेका छन् ।

डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका-२ का वडाअध्यक्ष  नेपाली पाँच हजार धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोको आधारमा प्रहरीले साउन २१ गते पक्राउ गरेर सदरमुकाम खलङ्गा पुर्‍याएको थियो ।भने वडाअध्यक्ष नेपालीको चर्को आलोचना समेत भएको थियो ।

पीडित भनिएका सर्पे नेपालीले दिएको बयानका आधारमा अध्यक्ष नेपालीलाई धरौटीमा छोडिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

पीडित सर्पेले वडाअध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाअध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर अनौठो बयान दिएका थिए।

यता स्थानीयले त झन वडाअध्यक्षको पक्षमा नारा जुलुस समेत गरेका थिए । नेपालीलाई आगामी भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छोडिएको हो ।

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्