Logo
११ बैशाख २०८१, मंगलबार
(August 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीबीच झडप, उपकुलपतिको गाडी तोडफोड

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका छन् ।

विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मंगलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला पार्किङ गरी राखेको गाडी अराजक समूहले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताए । विद्यार्थीहरुको आक्रमणबाट आफू चढ्ने गाडीको सिसा फुटेको उपकुलपति सिंहले बताएका छन् ।

विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको बेला केही व्यक्तिहरुले आक्रमण गरेको र प्रहरीले स्कर्टिङ गरेर आफूलाई सुरक्षित रुपमा निवासमा ल्याइदिएको उपकुलपति सिंह बताउँछन् ।

विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । उनीहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न अराजक समूह परिचालन गरेको आरोप लगाएका छन् ।

त्यस्तै विद्यार्थी संगठनहरुले आन्दोलनमा दमन गरेको भन्दै विश्वविद्यालयका पदाधिकारीहरुलाई कारबाहीको माग गरेका छन् ।

झडपको क्रममा मध्यपश्चिम विश्वविद्यालय अखिल क्रान्तिकारीका संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत घाइते भएका छन् ।

विश्वविद्यालयमा चार विद्यार्थी संगठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन् । केही दिनयता विद्यार्थीहरु रिले अनशनमा छन् ।

प्रकाशित मिति: Aug 11, 2021

प्रतिक्रिया दिनुहोस्