Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : काँक्रोका १५ रोचक तथ्य र फाइदा

काँक्रो भन्ने वितिकै हामी सबैलाई थाहाभएको फल हो । विशेष गरेर यसलाई ब्रर्खे फल पनि भन्ने गरिन्छ तर अहिले प्रविधिको विकाससँगै जुनसुकै मौसमा पनि पाइने गर्छ ।

काँक्रो हामी सबैको भान्छामा भएकै हुन्छ । सामान्यतया काँक्रोलाई सलादको रुपमा प्रयोग गर्ने गरिन्छ ।आज हामी तपाईलाई काँक्रोको फाइदाका बारेमा जानकारी दिन गइरहेका छौं ।

-सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

– काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

-रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

-यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

-मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

-काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

-यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

-यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ।एजेन्सी

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्