Logo
३ माघ २०८१, बिहीबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई ओलीको प्रश्न : एमसीसी सम्झौता के गर्नुहुन्छ?

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका हुन् ।

‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै,’ उनले भनेका छन्, ‘नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’

सरकारले आफूले एमसीसी पास गर्नुपर्छ भनेर कुनै समय बोलेको क्लिप प्रयोग गरेर वातावरण बनाउन खोजेको उनको आरोप छ । सरकारसँग १६५ सांसद रहेको भन्दै उनले भने, ‘१६५ को सबल जत्थाले के भन्छ रु एमसीसी पास गर्ने कि फेल गर्ने रु किन चुप लागेको रु’।

ओलीले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् ।‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने ।

प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो ।

त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो ।

मंगलबार ओलीले उक्त फैसलबारे असन्तुष्टि जनाउँदै इतिहासले मूल्यांकन गर्ने बताएका हुन् ।उनले अदालतजस्तो सबैले विश्वास गर्ने संस्थाको विश्वासमा कमी आउन नहुने बताए ।

‘जनताले भरोसा गर्ने संस्थाहरुबीच सन्तुलन नबिग्रोस्, मेरो चिन्ता लोकतन्त्रमाथि छ, लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आआफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्छ’ ओलीले भने ।

शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश फेरि लोकतान्त्रिक प्रणाली छाडेर गठबन्धनको सिद्धान्तमा लागेको पनि उनले बताए । ‘यसले विकासको अभियानलाई यसले ड्राइभ गर्न सक्दैन’ उनले भने ।

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्