Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पालिका अध्यक्ष लिम्बुको कर्मचारीलाई घाँटी काटेर ज्यान मार्ने धम्कीप्रति युनियनको आपत्ति

प्रदेश नं १ स्थित तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले कर्मचारीको घाँटी काटेर ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

अध्यक्ष लिम्बुले मादक पदार्थ सेवन गरी गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक कृष्ण चम्लागाईं र गाउँपालिका शिक्षा शाखा सल्लाहकार नन्द कुमार दर्नालसहित सात जना समर्थकलाई साथमा लिएर ‘म अध्यक्ष मात्र होइन, गुन्डा पनि हुँ’ भन्दै घाँटी काट्ने धम्की दिएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खर्च नै नगरी फर्जी बिलभर्पाइ तयार गरिएको अनियमित भुक्तानी गर्न इन्कार गर्दा लेखापाल सुजन थापालाई ज्यान मार्ने धम्की दिएको युनियनले जनाएको छ ।

धम्कीको विरोध जनाउँदै युनियनले अनुसन्धान गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्