Logo
११ माघ २०८१, शुक्रबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीन जना पक्राउ

संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् ।

उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट जीवित भैंसेगोहोरो सहित आइतबार पक्राउ गरेको ब्‍यूरोले जनाएको छ ।पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्