Logo
७ बैशाख २०८१, शुक्रबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाम्लोले बाँधेर स्थानीय युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

कर्णाली प्रदेश स्थित जाजरकोटका दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।

स्थानीय युवालाई दाम्लाले बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा-२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका हुन् । ।

साउन १५ गते स्थानीय सर्पे दमाइ नाम गरेका स्थानीय युवालाई डोरीले बाँधेर कुटपिट गरेका थिए । सोही आरोपमा उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

‘वडाध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं’ प्रहरी भने ।

पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्