Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : दीपदान भनेको के हो? कसरी गरिन्छ र के छन् फाइदा !

हामीले कुनै पनि मन्दिरमा पूजा गर्न जाँदा दिप त बालेका छौ होला तर पनि हामीलाई दिप दान भनेको के हो भन्ने थाहा नभएको पनि हुन सक्छ । आज हामी तपाईलाई दीपदानको बारेमा जानकरी दिन गइरहेका छौ ।

दीपदान के हो ?
दीपकलाई दान गर्नु वा दीप जलाएर उचित स्थानमा राख्नु दीपदान हो । कुनै बत्तिलाई बालेर देवस्थानमा राख्नु वा नदीमा बगाउनु दीपदान भनिन्छ । यो भगवान समक्ष प्रकट गर्नेको एक तरिका हो ।

दीपदान कसरी गरिन्छ र के छन् फाइदा । आज हामी यसको बारेमा चर्चा गर्छौ ।

दीपदान कहाँ गरिन्छ ?
-देवमन्दिरमा
-विद्धान ब्राह्मणको घरमा
-नदीको किनार वा नदीमा
-दुर्गम स्थान वा भुमि (धानको माथि)

दीपदान कसरी गरिन्छ ?

माटोको दियोमा तेल हालेर मन्दिरमा बालेर मन्दिरमा राख्ने । दीपको संख्या र बत्तिहरु खास समयानुसार र मनोकामना अनुसार तय हुन्छ ।

साना-साना बत्ति बनाएर अलिकति तेल हालेर कपासको रुई बालेर पिपल वा बरको पातमा राखेर नदीमा बगाउने गरिन्छ ।
देव मन्दिरमा बत्ति सिधै जमिनमा राख्नु हुँदैन् । बत्तिलाई चामल वा सप्तधानमाथि राख्नुपर्छ । भुमिमा राख्दा उल्टै हानी हुन्छ ।

दीपदान कहिले गर्ने ?
-व्रतको समयमा
-नरकचतुर्दशी र यम द्धितियाको दिनमा
-पुर्णिमाको दिनमा

दीपदान गर्नुको फाइदा-

-मृतक आफन्तको सद्गतिको लागि
-अकालमा हुने मृत्युबाट बच्न
-यम, शनि, राहु र केतुको नराम्रो प्रभावबाट बच्न
-लक्ष्मी माता र भगवान विष्णुलाई प्रसन्न गराई कृपा प्राप्त गर्न
-जीवनमा अन्धकार हटाएर उज्यालो ल्याउन
-सबै प्रकारका समस्या, गृह कलह र संकट मोचनको लागि
-कुनै पनि मांगलिक कार्यको सफलताको लागि
-मोक्ष प्राप्तिका लागि
-घरमा धन समृद्धि बनी रहनको लागि

-दुर्गम स्थान र भुमिमा दीप जलाउनाले व्यक्ति नरक जानबाट बच्छ ।
-कात्तिक महिनामा भगवान विष्णु वा उनको अवतारको समक्ष दीपदान गर्दा यज्ञ, तिर्थ र दानको फल प्राप्त हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा

 

 

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्