Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रियाशील सदस्यता विवादमा छलफल गर्न बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज दिउँसो बस्दैछ ।

बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । बुधबारको बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

बैठकमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने भएका छन् ।

क्रियाशील सदस्यता छानविन समिलते सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी बैठकले शीर्ष तीन नेतालाई दिएको थियो । शीर्ष नेताहरुलाई विवाद समाधभानका लागि पाँच दिनको समय दिइएको थियो ।

मंगलबार नै समयसीमा गुजारिसकेका शीर्ष नेताहरुबीच सदस्यता विवादको मापदण्डमै सहमति जुट्न सकेको छैन । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ ।

तर बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायतका जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्