Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउन २२ गतेदेखि देशैभर भेरोसेलको दोस्रो डोज खोप लगाउने

सरकारले साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज देशैभर सन्चालन गर्ने भएको छ ।असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ । स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ ।

हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने छ ।

सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।यसैगरी विदेश जाने नेपाली नागरिकलाई क्यूआर कोडसहितको कोरोना खोप लगाएको विद्युतीय प्रमाणपत्र उपलब्ध गराउने काम कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट साउन २० गतेदेखि सुरु गरिएको छ ।

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्