Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीले सपनामा भैँसी देख्दा के हुन्छ ? जान्नुहोस् !

सपना प्राय हामीले देखेका हुन्छौ । हामीले सपनामा देखेका कुराले हाम्रो जीवनमा आउदैँ गरेका पछिका घटनाहरुलाई पनि संकेत गरेका हुन्छन् । त्यसैले हामीले सपना कुन समय र कस्तो बेला देखीरहेका छौं त्यस अनुसार फल प्राप्त हुने गर्छ ।

सपनाको फल सुभ र अशुभ हुने गर्छ । आज हामीले तपाईलाई सपनामा भैँसी देख्दा के के हुन्छ भन्नेबारे जानकारी दिन गइरहेका छौ । सपनामा भैँसी देख्नु भनेको एकदम नराम्रो भन्ने गरीन्छ । भैँसीलाई मृत्यु भन्ने पनि गरीन्छ । त्यसकारण भैँसी भन्ने वितिकै हामीले यमराजको स्वरुप भन्ने गरिन्छ । तसर्थ यमराज भैँसीमा सवार गर्ने गर्नु हुन्छ ।

जस्तै सपनामा हजुहरुले रातो कपडा लगाउनु भएको छ र भैँसी खेलाउनुभएको छ अर्थात कोही रोगीले भैसीलाई खेलाउदैँ छ र कोही व्यक्तिले रातो कपडा लगाएको सपनामा देख्नु भएको छ भने यसले हाम्रो जीवनमा हानि नोक्सान हुन सक्छ । यसले हामीलाई जीवनमा हानी र कष्ठ हुन्छ भन्ने जनाउछ ।

सपनामा सुगर र भैँसीसगै देख्नु भयो भने अथवा भैँसी र सुगुर अलग अलग रातै भरी देख्नु भयो भने सम्झनुहोस् अब जीवनमा कुनै संकट पर्दै छ । त्यसको उपाय हामीले गर्नु पर्छ । भैँसी र गथा देख्नु भयो भने पनि जीवनमा आर्थिक हानी हुन सक्छ । भैँसीको बगाल देखीयो भने पनि हाम्रो जीवनमा विपती निम्त्याउदैँ छ भन्ने संकेत गर्छ छ ।

भैँसी जुदेको देख्नु सपनामा देखियो भने यसले हाम्रो जीवनमा संकट ल्याउने संकेत गर्दछ । भैसीले घाँस खायको देख्नु नराम्रो मानिने गरीन्छ । भैसीले आहाल खेलेको देख्नु एकदम नराम्रो मानिन्छ ।

भैँसीको दुध दुएको देख्नु सामान्य फल मान्छि । यसबाट हामीलाई यमराजबाट केही न केही फल मिल्दै छ भन्ने जान्नु पर्छ । सपनामा भैँसी ब्याएको देख्नु सामान्य मानिन्छ यसमा त्यति खराब मानिदैन तर त्यति शुभ पनि मानिदैन । अनि सपनामा भैँसी गाढा देख्नु, त्यसमा चढ्नु, गरी आफू गाडामा हिडेको देख्नु यो खराव अशुभ मानिन्छ ।

त्यसमा पनि दक्षिण दिशातिर जादैँ गरेको देखेको देख्यो भने एक दमै अशुभ मानिन्छ ।भैँसीले आफूलाई लखेटेको अथवा खेदेको देखियो भने त्यसले मृत्युको संकेत अथवा मृत्यु तुल्य कष्ठ हुदैँ छ भन्ने संकेत जनाउने गर्छ ।

यस्ता सपना देखेपछि यसको दोष निवारणका लागि मृत्युजन्य निवारण मन्त्रजाप गर्नु पर्छ साथै हनुमान चालिसाको पाठ गर्नुहोला ।

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्