Logo
१३ बैशाख २०८१, बिहीबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री खाण र मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

मङ्गलबार साँझ गृह मन्त्रालयमा भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।

गृहमन्त्री खाणले भेटमा कोभिड-१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।

 

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्