Logo
६ बैशाख २०८१, बिहीबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।आज (मङ्गलवार) दिउँसो ४ बजे सिंहदरवारमा बोलाइएको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाएको अवस्थामा आज मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको छ ।

सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाउन नसक्दा सोमबार शीर्ष नेताहरूको छलफल नै सरेको थियो । परिषद्को सोमबार(हिजो) बस्ने नियमित बैठकसमेत स्थगित भएको थियो ।

सरकारले के काम गर्ने र सरकार सञ्चालन कसरी गर्ने भन्ने सैद्धान्तिक विषयमा टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भनिएको छ ।

आज पनि कार्यदलको बैठक बसेको छ र उक्त बैठकले दस्ताबेजहरूको मस्यौदाबारे टुङ्गो लगाएपछि शीर्ष तहमा छलफल हुने जनाइएको छ । त्यसपछि मात्रै सरकारले पूर्णता पाउने छ ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्