Logo
१२ बैशाख २०८१, बुधबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको साझा कार्यक्रम टुंगो लगाउन आज पनि सत्ता गठबन्धन कार्यदलको बैठक

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बालुवाटारमा बस्दै छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।

सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो ।साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी छ ।

गत असार २९ गते प्रधानमनत्री बनेका शेरवहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भईरहेको छ ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्