Logo
१३ बैशाख २०८१, बिहीबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले दार्चुला घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगरिदिन आग्रह गरेको छ ।

यही श्रावण १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी महाकाली तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएका थिए ।

धामीसहितका व्यक्तिहरू भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनमार्फत महाकाली नदी तर्दै थिए । तुइन तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएपछि ३३ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनि सामाजिक सञ्जालमा आएका विभिन्न समाचारहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्थानीय प्रशासनले पनि घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको छ । घटनाको अनुसन्धान, सत्य तथ्य जानकारी तथा खोज उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं। गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएर अनुसन्धान कार्य जारी छ ।

घटना भएको स्थान जिल्ला सदरमुकामदेखि ५ घण्टाको पैदल दूरीमा रहेको छ । घटनाको अनुसन्धानका लागि खटिएको टोली फर्किएपछि यथार्थ जानकारी हुने मन्त्रालयले जानकारी दिएको छ

।उक्त घटनाको सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा भ्रम सृजना हुने गरी समाचार / सुचना प्रकाशन नगरिदिनका लागि गृहले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्