Logo
६ बैशाख २०८१, बिहीबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहेको छ । आज दिउँसो साढे तीन बजेदेखि मन्त्रिपरिषद बैठक सुरू भएको हो । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरू फेर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद बैठक बसेको हो।

यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ ।

आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्