Logo
१३ बैशाख २०८१, बिहीबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलम्पिक-पौडीतर्फ १७ वर्षीया जाकोबीले जितिन् स्वर्ण

ओलम्पिकमा ल्याडिया जाकोबीले अमेरिकाका लागि पौडीको १ सय मिटर ब्रेस्टस्ट्रोकतर्फ स्वर्ण दिलाएकी छिन् ।ओलम्पिकमा अमेरिकाको अलास्का राज्यका लागि यो पहिलो स्वर्ण हो ।

१७ वर्षीया यी किशोरीले १ मिनेट ०४ दशमलव ९५ सेकेन्डमा निर्धारित दूरी पौडेर पूरा गरिन् । दक्षिण अफ्रिकाकी तात्जाना सोइनमेकर दोस्रो र गत संस्करणकी विजेता लिले किङ तेस्रो भए ।

अलास्का राज्य अमेरिकाको दुर्गम क्षेत्र मानिन्छ र यहाँ ओलम्पिक प्रयोग हुने आकारको एउटैमात्र स्विमिङ पुल छ । त्यो स्विमिङ पुल जाकोवीको घरबाट १ सय २५ माइल्स टाढा पर्छ । ‘म पागल भएकी छु । पक्कै पनि म मेडलको दौडमा थिएँ । तर, खासमा स्वर्णकै अपेक्षा भने गरेकी थिइँन । टाउको उठाएर स्कोरबोर्डमा हेर्दा म नाजवाफ भएँ,’ स्वर्ण जितेपछि उनले भनिन् ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्