Logo
१२ बैशाख २०८१, बुधबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मंगल चौथी, गणेशको विशेष पूजा गर्दै मनाइँदै

आज मंगल चौथीको दिन हो । मंगल चौथीको दिन विशेष गरेर भगवान् श्री गणेशको विशेष पूजा आराधनाका लागि बिशेष मानिने गर्छ ।

आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरेर ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् । आज बिशेष गरेर गणेशको नाममा १हजार आठ लड्डु चढाउने गर्छ अनि गणेश चौथीको पुजापाठ गर्ने गर्छन् ।

पूर्वीय संस्कृति अन्तर्गत कुनै पनि कामको सफलताका निमित्त सबैभन्दा पहिले मंगलाचरण, स्वस्तिवाचन र इष्टदेवताको पूजाआजा गर्ने विधान छ । सामान्यतया कुनै कार्य सुचारु ढंगले सम्पन्न होस् भन्ने कामनाले श्रीगणेशको वन्दना गरिन्छ । उनलाई वैदिक वा पारम्परिक विधिविधानको प्रयोग गरी अर्चना वा पूजा गर्ने चलन छ ।

गणेश भगवानलाई सिद्धि दिने वीर भगवानको रूपमा समेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन् । मंगल ग्रहलाई समस्या निर्मानायकको रूपमा लिने भएकाले मंगल ग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको छ ।

त्यसकारण आज २०७७ साल जेष्ठ १३ गते शुक्लपक्ष चौथी तिथिका दिन मंगल चौथी परेर आएको छ । यस दिन गणेश भगवानलाई कसरी खुसी बनाउने भन्ने पूजा विधि बारे केही जनकारीहरू लिनु आवस्यक छ ।

बिहान सूर्योदय हुनु पहिल्यै उठेर स्नान गरेर चोखो कपडा लगाउने । त्यसपछि नित्य कर्म सकेपछि घरमै पूजा गर्ने यदि सम्भव भएन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पूजा गर्ने । विशेष गरेर गणेशको पूजा गर्नलाई मंगलबार राम्रो मानिन्छ ।

त्यसकारण व्रत बसी विधिवत् रूपमा पूजा गर्दा सोचेको मनोकांक्षा पूरा हुने मान्यता रही आएको छ । गणेशको पूजा गर्दा रक्त चन्दन, रुक्त पुष्प, दुबो, लावा, घ्यू, लड्डु, दुबोको माल अपर्ण गरियो भने छिट्टै प्रशन्न हुने शास्त्रमा बताइएको छ । यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास छ ।

गुलिया खानेकुराका परिकारबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया परिकारर चढाउनुपर्छ । त्यतिमात्रै होइन गणेशलाई खुसी बनाउने पूजा गर्दा रातो वस्त्र पनि चढाउनुपर्छ । यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पुजा गरे जीवनमा ठूलो सफलता हात पर्ने गणेश पुराणमा सहविस्तार गरिएको छ ।

आज मंगल चौथी हो । हाम्रो हिन्दू संस्कृतिमा भगवान गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ । गणेशको चर्चा वैदिक वाङ्मय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा सवत्र रहेको भेटिन्छ ।

यसै अनुसार मंगलबारको दिन हनुमान र मंगल ग्रहका लागि समर्पित छ । मंगलबारको दिन हुनमानको जन्म भएको थियो । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अशुभ हुनै छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ । हनुमानलाई रातो रंगको मिठाइ चढाएको खण्डमा शनि तथा मंगल ग्रहको शुभकामना मिल्नेछ ।

भगवान् गणपति मंगलकारी शुभफलप्रदाता र अमोघ लाभदाता हुन् । यिनको पूजाबाट भक्तका समस्त संकट र कष्ट समाप्त हुन पुग्छन् । भगवान गणेश चतुर्थी तिथिका दिन प्रकट भएका थिए । गणेशजी प्रकट भएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग थियो । त्यसैले यस्तो संयोगलाई भगवान् गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अतीव महत्वपूर्ण तिथिका रूपमा लिइएको हो । मंंगल चौथीलाई ‘मंगलचतुर्थी’ र ‘अंकारकी चतुर्थी’ पनि भन्ने गरिन्छ ।

ज्योतिषशास्त्रमा मंलबारको प्रतीकात्मक सम्बन्ध मंगल ग्रहसँग रहेको छ । त्यसैले मंलबारलाई भगवान् गणेशको प्रियतम दिवस मानेर हप्तैपिच्छे श्रीगणेशको उपासना गर्ने गर्दछौं । मंगल ग्रहको उत्पत्ति पृथ्वीबाट भएको हो । पृथ्वीको सन्तान भएकाले मंगल ग्रहलाई भौम पनि भनिन्छ ।

भगवान् गणेशको जन्मतिथि चतुर्थी मंगलबार पर्दा यो दिन अझ महत्वको हुन गएको हो । भगवान् गणेशको उत्पत्ति र मंगकल ग्रहको उत्पत्तिसैत जोडिएको चतुर्थी तिथिका बारेमा भिन्नभिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसंगहरू छन् ।

भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ ।

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्ने गर्दछन् ।

भगवान् श्री गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मंगलबारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक विश्वास छ।

विधि

मंगलबारको २१ हप्ता २१ महिना वा २१ वर्षको व्रत समापन गर्दा गणेशजी हनुमानजी वा मंगल ग्रहको विधवत् पूजा गरी २१ जोडी ब्राह्मणब्राह्मणी वा आठ वर्षमुनिका २१ जना कुमार केटाहरू भेला पारी तिनलाई रातो रंगका यथाशक्ति वस्त्रादि दान गरी यथाशक्ति गुलियो पदार्थ पेटभरि खान दिई यथाशक्ति दक्षिणा समेत दिई समापन गर्नु पर्दछ । दक्षिणा दिँदा अन्त्यमा २१ अंक आउने संख्या राख्नु राम्रो मानिन्छ ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्