Logo
५ आश्विन २०७८, मंगलबार
(July 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत IPO फारम भर्न सकिने

एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमार्फत IPO फारम आवेदन दिन सकिने सेवा सुरु गरेको छ ।

बैंकले आफ्ना ग्राहक महानुभावहरूको लामो लाइन बसी IPOफारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले अतुलनीय सहजता सहित नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने IPO मा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको हो ।

यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहक महानुभावहरूले यस नवीन सेवा अनुसार IPO खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्ने छन् ।

COVID-19 महामारीको जोखिम कायम रहेका बेला ग्राहक महानुभावहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट IPO आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी NIC ASIA MoBank बाट IPO आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

यस बैंकको NIC ASIA MoBank प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्ने छन् ।Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ ।

ग्राहक महानुभावहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी क्ष्एइ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर IPO आवेदन दिनुपर्ने झन्झबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

यसरी घरमै बसेर IPO भर्ने सुविधा लिनका लागि बैंकका ग्राहक महानुभावहरूले NIC ASIA MoBankडाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएमा यस बैंकमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोल्नु भई समयमै IPO भर्ने सुविधाबाट लाभान्विन हुन सकिने छ । साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको ब्उउथि ल्यध आइकनमा ट्याप गरेर समेत IPO आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहक महानुभावहरूलेNIC ASIA MoBank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिनसक्ने छन् ।

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी  NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

यस iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन रStop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन  र Debit Card Replacement) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन लिनसक्ने छन् ।

 

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: Jul 26, 2021

प्रतिक्रिया दिनुहोस्