Logo
१३ बैशाख २०८१, बिहीबार
(July 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि सुरु

त्रिभुवन विश्वविद्यालयको कोरोनाका कारण  दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तह प्रथम वर्षका परीक्षा नै हुन नपाएका बीए, बीएड, बीएससीतर्फका चार वर्षे र तीन वर्षे परीक्षा आजदेखि भौतिकरुपमै सुरु भएका हुन् ।

परीक्षा आज बिहान ७ बजेदेखि सुरु भएको छ ।आंशिक र रेगुलर सबै परीक्षा आजदेखि हुन थालेका हुन् ।भोलिदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुने छन् ।

त्रिविले कोरोना महामारीका कारण टाढा रहेका विद्यार्थीहरूका लागि घरपायक परीक्षा केन्द्र रोज्न लगाई, अनलाइन परीक्षा फारम भर्न लगाइ विद्यार्थीहरूलाई सहजरुपमा परीक्षा दिने वातावरण सिर्जना गरेको छ ।

परीक्षार्थीहरूको प्रवेश पत्र प्रिन्टमा प्राविधिक समस्या आएको भन्दै त्रिविले परिचय खुल्ने प्रमाणपत्रबाट पनि परीक्षार्थीलाई परीक्षा दिने वातावरण सिर्जना गरिदिन परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको छ ।

 

प्रकाशित मिति: Jul 25, 2021

प्रतिक्रिया दिनुहोस्