Logo
१५ चैत्र २०८०, बिहीबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजिता भण्डारी मृत्यु प्रकरण : प्रहरीद्वारा दाजु नाता पर्ने युवकलाई पक्राउ

बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी राप्ती-३ की सुजिता भण्डारी प्रकरणमा प्रहरीले दाजु नाता पर्ने युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन मार्फत मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शुकदेव भण्डारीलाई प्रहरीले हिजोकाठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी नाताले दाजु पर्छन् । झापाको झापा गाउँपालिका-६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ ।

उनी आफ्नै ठुलबाबाको छोरा हुन् । उनीहरु विदेशमै पुगेर विहे गर्ने सोचमा समेत थिए ।असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो ।

असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् । असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् ।

त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् ।तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्