Logo
११ बैशाख २०८१, मंगलबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेम्वाङलाई प्रकाशमानको प्रश्न : सरकारमा बस्दा विधि मिच्ने अहिले संस्कार र मान्यताको कुरा गर्न मिल्छ?’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा आफू  बस्दा विधि मिच्ने र अहिले विपक्षमा बस्दा मूल्यमान्यताको कुरा गर्न मिल्छ भनी प्रश्न गरेका छन् ।

प्रतिनिधि सभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेता सिंहले भने, ‘आफूलाई कानुनविद्, विद्वान भन्ने । संविधान बनाउँदा धारा ७६(५) राख्ने । अहिले संस्कार, मूल्य, मान्यताको कुरा गरेर मिल्छ ?’

‘आफू सरकारमा बस्दा सीमामा नबस्ने, अहिले परमादेशबाट प्रधानमन्त्री भयो भनेर के पाउनुहुन्छ ?,’ सिंहले प्रश्न गरे, ‘आफूले विधि र प्रक्रिया मिच्ने अनि दलहरू मिलेर संविधानको रक्षाका निम्ति अगाडि बढ्दा यस्तो ?’

यसअघि सम्बोधन गरेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवा जनादेशबाट नभइ परमादेशबाट प्रधानमन्त्री भएको टिप्पणी गरेका थिए ।

संसदको पहिलो बैठकमै विश्वासको मत लिएको भन्दै नेम्वाङले विधि र संसदीय मूल्य मान्यताको ख्याल गर्न सुझाएका थिए ।विधि र नियममा नबस्दा के हुन्छ भन्ने उदारहण स्वरूप सानै दल भए पनि देउवा प्रधानमन्त्री हुन सकेको सिंहको भनाइ छ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्