Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले नेता भीम रावलले लिए राजीनामा फिर्ता

एमाले नेता भीम रावलले संसद् सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर रावलले शुक्रबार राजीनामा फिर्ता लिएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रह अनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए ।

रावलले राजीनामा बारेको जानकारी सभामुखलाई समेत जानकारी गराइसकेका थिए । तर राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए ।

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्