Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापालाई भेट्न विप्लव पुगे बूढानीलकण्ठ

राप्रपाका अध्यक्ष कमल थापा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ ।

शुक्रबार बिहान थापालाई भेट्न विप्लव थापा निवास बूढानीलकण्ठ पुगेका छन् । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको भेटमा सहभागी नेता एक नेताले जानकरी दिए ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् । थापाले ट्वीटरमार्फत भनेका छन्, ‘ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो।’

उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको पनि बताएका छन् ।

विप्लव थापालाई भेट्न प्रवक्ता विश्व प्रकाश शर्मा र हेमन्त प्रकाश ओलीसहित बूढानीलकण्ठ पुगेका थिए भने राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान पनि सहभागी भएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए ।पछिल्लो समयमा विप्लवले राजनीतिक भेटवार्तालाई निरन्तरता दिदैँ आएका छन् ।

उनले यो भन्दा अगाडी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाका नेताहरु केपी शर्माओली र माधवकुमार नेपाल साथै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेतवार्ता गरीसकेका छन् ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्