Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा नेपाली सेना भरत गुरुङको हत्या आरोपमा एक सैनिक पक्राउ

बिहीबार चितवनको भरतपुर महानगरपालिका-१७ स्थित सिमल डाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेना भरत गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई पक्राउ गरेको छ ।

नेपाली सेनामा कार्यरत एकजनालाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरीले आरोपीको नाम सार्वजनिक गरिसकेको छैन् ।
केहीबेरमा आरोपीलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । चितवनको टाँडीबाट पक्राउ परेका ढकालको साथबाट प्रहरीले भरत गुरुङलाई गोली हान्न प्रयोग भएको एक थान पेस्तोल र एउटा एसएमजी बरामद गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्धा हुन् । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्