Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदेशबाट फर्किएको सन्तोषको पिडा !

सन्तोष । ४ जना छोरीहरु गँगा ,यमुना , काबेरी र गोदावरी पछि जन्मिएको छोरा भएर नाम नै सन्तोष। सामान्य गाउमा न्युनबर्गिय परिवारको आशाको तयन्द्रो भएर जन्मियो । ऐश आरामको त के कुरोगतिलो स्कुलमा समेत पढ्न नपाएर जसो तसो माध्यामिक तह सम्मको पढाई पाएको एउटा युवा ।आर्थिक कमजोरि , समयमै उपचार हुन नसकि १० दिने कामज्वरोले चुडेर लगेको बाबुको टुहुरोसन्तोष । थोरै खेतिपाती अन्य आयको बाटो नभएको दिदीहरुको विवाहमा लागेको ऋण , साहुकोताकेता ,बुढी आमाको लालनपालन , आफ्नो भविष्य …….। सबै सम्झेर सन्तोष थप केही ऋण काटेरपरदेशिन वाध्य थियो । परदेश पनि खाडी मुलुक , भने जस्तो सोचेजस्तो कहाँ थियो र । न्युनपारिश्रमिक उच्च जोखिमका काम , आधापेट खाएर ३ वर्ष वित्यो। २ लाख जति कमाई । फर्किनेदिन पर्सि । मनमा अनेकन कुरा खेल्न थाल्यो। घर फर्किदा बुढी आमालाई के लगिदिउ ? दिदीहरुलाई के लगिदिउ कोशेली ? दिदीलाई मात्र भएन भिनाजु भाञ्जाभाञ्जी पनि त छन् ।साथिभाइ ,काका काकी छिमेकी ………लिष्ट बनाउदा बनाउदै एक पाना भरियो तर अझै नाम मनमाआको आई छ । साहु सम्झियो । ………सास फुलेर आयो अनि लिष्ट लिष्टमै सिमित भयो ।जहाजले काठमाडौं अवतरण गर्यो ।

आफ्नै पुराना कपडा भएका डोरीले बाँधेको सुटकेश र एउटा भिर्ने झोला ट्याक्सिमा राखेरबसपार्क जादै गर्दा ट्याक्सिमा पनि …आँधिखोलामा -२, के ल्याइदिउ कोशेली भिर्ने झोलामा …? घन्केपछि फेरि सास फुल्यो । खाली हात त कसरि जाने ?

एक दिन को बसाई काठमाडौं मै लम्बियो। पकेट छाम्यो। लिष्ट पल्टायो । मन भारी बनाउदैभरिएको नाम लिष्टबाट पछिल्तिरबाट नामहरु काट्दै गयो काट्दै गयो । अब केवल आमा , दिदीहरुर भिनाजुहरु बाहेक अरु सबै काटिए ।

भोलिपल्ट सिधै न्युरोड गएर दिदीहरुलाई बनारसि साडि , भिनाजुहरुलाई रेमण्डका सुट पिस रआमालाई उनीको दोसल्ला टाईपको ओढ्ने पछ्यैरा । बिदेश बाट ल्याको भन्दै १० प्याकेट चाईनिजअक्षर भएका चकलेट ।

थरिथरिका लोकभाका बजाउदै , खाना खाजा खान रोक्दै बस नेपालगञ्ज हानिदैथ्यो ।बेलाबेलामा ब्रेकको क्वाईक्वाई , चर्को हर्न , गाडिमा बजेको चर्को गितले पनि सन्तोषको वेचैनीतोड्न सकिरहेको थिएन । नेपालगञ्जमा बजारमै दुई दिदीहरु बस्छन । आखिर बाटो काट्न नि तभएन नि । पहिले जेठी दिदी गँगाकोमा गयो। एक्कासि भाइ आएपछि गँगादिदीको खुशीको सिमा नैरहेन । “भाइ !” चिच्याउदा परिवार नै झसङ्ग ।भिनाजु भाञ्जा एकैसाथ जम्मा भए ? सञ्चोविसञ्चोपनि नसोधी भिनाजु प्वाक्क बोलि हाले “सन्तोष के ल्याइस त कोशेली बिदेशबाट ? ” सबैको आँखा झोलामा थिए । दिदी भिनजाजुलाई ढोगेर भाञ्जालाई बोक्यो सन्तोषले । व्यागदिदीले बोकिन् सुटकेश सन्तोषले आफै बोक्यो सबैजना घरभित्र गए ।चियानास्ता ,गफगाफ …।आज यतै बस सन्तोष भोलि जालास् यमुनाकोमा। दिदीको बोलि टारेन । “४ बजिसक्यो जाउ आईजसन्तोष बाहिरतिर घुमेर आँऊ । ” भिनाजुको कुरा कसरि नाइ भन्न सक्थ्योर । जानै लाग्दागँगादिदीले भिनाजुलाई “घर फर्किदा २ किलो खसी र २ किलो लोकल कुखुरा नि ल्याउनु ल , बल्लबल्ल भाइ आको छ । ”

हल्का घुमफिर सकेर मिनीमार्ट गए । मासु माछा फलफुल , ड्राईफ्रुट सबै किनियो । “अँ सन्तोषएक बोतल व्ल्याक लेबल , गँगाले यो खान्न , उसलाई रेड स्विट वाईक १ बोटल र भाञ्जा लाई क्यानरेडबुल २ वटा ……नि ”

विल आयो १६,७०० । “विदेश बाट आको छस मैले त तिर्ने हैन होला नि सन्तोष ?” भिनाजुको यक्षप्रश्न । सन्तोष बनावटी हासो मुस्काउदै पर्स बाट पैसा तिर्छ । मन अमिलो भो फेरि एक पटक ।

ल्याएको कोशेलीहरु हस्तान्तरण गर्दै रात्रिभोज चल्छ ।

भेलिपल्ट माईली दिदी यमुनाकोमा पनि काटिकुटी उस्तै घटना । गिफ्टको चर्चापरिचर्चा , खानपिन , सपिङ , बजार सबै दुरुष्तै । फरक त केवल मिनीमार्टमा थ्यो । हिजोको भन्दा फरक व्राण्ड , फरकसामान । विल तिर्ने मान्छे चाही फरक थिएन । अझ साउजीले माईलो भिनाजुले अघिल्लो हप्ताकोकिनमेलमा नपुगेको ३५०० पनि हिसाब गरौ कि भनेर सोध्दा र “भैहाल्छनि “को सहज जवाफले फेरिअमिलो मन । २३,४०० एकै सेकेण्डमा सुईकेपछि खाडिमा झरे जस्तै पसिना यहाँ पनि झर्यो । त्यहाँपैसा कमाउन झर्यो यहाँ पैसा खर्चिदा झर्यो।

पर्सिपल्ट कोशेलि हस्तान्तरण गर्दै कटक्क मन बनाउदै सुर्खेत हिड्यो ।पहाडि बाटो, उकालोओरालो, हर्न बाहेक सबै बज्ने खाले बस परेछ । मन त्यसै साह्रो त्यहाँ माथि यात्राको असहजपरिस्थिति । साँझमा पुग्यो साहिली दिदी काबेरीकोमा । लगभग साठि प्रतिशत उस्तै व्यवहार । आजसन्तोषलाई मिनिमार्ट , किनमेल विल भुक्तानी केहि गर्नु परेन । सालो केटो आको खुशियालिमा १३धार्नीको खसी नै छिनाले भिनाजुले । जाँड रक्सी सहितको भोज नै चल्यो। छिमेकी साथिभाइ पनिबोलाएर खुवाए भिनाजुले । सबै घरघर गए । भिनाजु का एक जना साथि जगन्नाथ, उनकी पत्नीनिर्मला र छोरा सुन्दर घर टाढा भएकाले त्यही बसे त्यो रात । रातिनै कोशेली वितरण गर्दै थिए ।साहिलि दिदी काबेरी अलि अर्कै किसिमकी । साहिलि दिदी काबेरी अलि अर्कै किसिमकी ।गँगा , यमुनालाई के दिईस त बाबु ? सोधिन ।

“सबैलाई बराबरी नै हो दिदी । ” “गोदावरीलाई नि त्यै हो ? ” काबेरीको प्रश्न । गरिब किसान थिएकान्छो भिनाजु । “ती पाखे पखिनीलाई यस्तो कोशेली के काम ? बरु तिनिहरुलाई ल्याको पनि यतैभिनाजुको साथिलाई दे बाबु । म सँग एउटा सुतीको धोती छ , मैले पोहार साल तिहारमा एक पटकमात्र लगाएको , विचमा थोरै धुपले पोलेर प्वाल पर्या छ त्यै पनि मुजामा पर्छ , देखिदैन । अनि त्योपाखे लाई एउटा गञ्जी छ त्यै ल​गिदे । खेतमा काम गर्नेलाई यस्तोकाम छैन । ” सन्तोष केहि बोल्नसकेन, काबेरी दिदीले आफै व्यागबाट झिकेर मेरो भाईले ल्याइदिएको भनेर पाहुनालाई गिफ्ट दिईन। भिनाजुको साथिको छोरो सुन्दर नाता गास्दै “मामा मलाई के खोई ? …मैले देखे “भन्दै पकेटमाराखेको बिदेशमा काम गर्दा भतभत आखा पोलेर र चर्को घाममा हेर्न नसकेर ३०० रियाल खर्चेरकिनेको रेवण्डको सनग्लास झिक्यो र “थ्याङ्क्यु मामा ” भन्दै दगुर्यो । यति बेला झनै मन थाम्नसकेन , एक छिन पछि सबै सुत्न गए सन्तोष पनि कोठामा गयो र रुन सम्म रोयो ।

चर्काचर्की स्वरमा सम्बाद सुनेर सन्तोषका निद्रा खुले । “बिहानै भाले नबास्दै ल्याईदिन्छु भनेर लगेकाहैनौ ? ”

“ल्याईदिहाल्छु नि एक छिन पख्नुस न ।”

“एक छिन भनेर हुन्छ ? साँझमा बास बसेको खसि खोरबाट फुकाएर लगेसि । बिहानै ल्याउछु भनेसिल्याउन पर्दैन ? त्यत्रो पन्ध्र पन्ध्र हजार रुपैया ” ।

“सन्तोष उठेको छैन के । उठेसि ल्याउछु ।”

यस्तै सम्बाद सुनेर झसङ्ग भयो सन्तोष । उठेर गयो । सन्तोस केहि बोलेन । दियो१५ हजार ।

“मलाई पुच्छरे पैसा नि चाहिन्छ ।” खसीवालाको फुच्चे छोरो करायो

पाँच सय फुच्चेलाई नि थमायो । फेरि मन अमिलो भो ।.

घर जान सन्तोषलाई अझै २ घण्टाको बस यात्रा र ४० मिनेट जतिको पैदल यात्रा बाँकी नै छ । बसचढ्यो । २ घण्टाको यात्रा भौगोलिक कठिनाई छदै छ । मन भरिएको छ । गह्रुङ्गो मनले धेरैसोच्दैथ्यो। सम्झन्छ , स्वास फुलेर आउछ । दिदीहरुको जिवनशैली । भिनाजुहरुको जीवनशैली ।जेठो भिनाजु नपुग्दो के छ ? ठुल्ठुला ठेक्का पट्टा कारोवारी , नेपालगञ्ज शहरमा १ विघा घडेरीमाबनेको महल , १ करोडको त गाडि । जग्गा जमिन त कति हो कहाँ कहाँ हो हिसाब नै छैन । अझअस्ति व्ल्याक लेवल खाएर नशा लागेको बेलामा ससुरालिले दाहिजो कम दिए रे । लाज नभाका ।गँगादिदी उस्तै । उफ् । फेरि मन अमीलो भो। बसको झ्यालबाट माथि आफ्नो गाउ देख्यो । अझ १घण्टा जति लाग्छ । फेरि छोपियो गाउँ ।

निदाउने प्रयास गर्यो । सम्झ्यो माहिली दिदी यमुना। भिनाजु पेशा ले डक्टर । बिहान देखि बेलुकासम्म काम । ५/७ वटा क्लिनिक , आफ्नो लगानी रहेको हस्पिटल , शेयरको कारोबार १०/१५करोडको को मालिक हु भन्दैथिए । खै के हो के । बुझ्नै गारो । कति थुपार्या हुन सम्पति पनि ।कुन्नीके नाम गर्या पो हो ओषधी पसल भन्या हो कि फ्याक्ट्री नै हो क्यारे । राम्रै नाफा छ रे । वर्षमा ३०/४०लाख भाग पर्छ भन्थिन यमुना दिदीले ।

काबेरी दिदीको नि राम्रै बन्दोबस्त छ । सरकारी जागिरे भिनाजु , जग्गा जमिन पनि धेरै छ , सुर्खेतबसपार्कमै त्यत्रो घर छ । महिनामै ७०/८० हजार त भाडा नै आउछ । एक्कासी व्यवहार दिदीकोभिनाजुको सम्झन्छ । सास फुलेर घाँटी सम्म आउछ । अमिलो हुन्छ मन फेरि एक पटक । बसरोकिन्छ । आईपुग्छ ओर्लने ठाउ ।

३ वर्षमा केहि केहि फेरिएछ गाउँ । दोमन हुन्छ । सिधै घर जाउ वा नजिकै रहेको कान्छी दिदीगोदावरी कोमा जाउ । दोमन हुदै गर्दा अटोमेटिक पाईला गोदावरी दिदीको घर नजिकै पुगिसकेछ ।दिदीको घरमा पुग्यो । “आमा ! उ मामा आउनुभो । ” ७ वर्षकी भाञ्जी मुनु उफ्रदै एकै सासमा सन्तोषभएकोठाउ पुगी । “ए हो त रैछ त ” नाङ्लोमा भटमास निफन्दै गरेकि गोदावरी उठ्दै नजिकै आईन् ।सन्तोषले दिदीलाई ढोगिदियो । “चिरञ्जीवी हुनु बाबु !” मैलो फरियाको टुप्पोले सन्तोषको निधारकोपसिना पुछ्दै “सञ्चै छौ सन्तोष ?” तीनैजना दिदीहरुले भेट्नासाथ त के बिदा हुदा सम्म सोधेनन् ।सञ्चै छस भनेर । सन्तोषले खाडिमा झरेको जस्तै झार्यो । यतिखेर पसिना हैन आँशु । दुहुनागाईलाई घाँस हालिदिएर भिनाजु पनि आईपुगे ।”आईस बाबु सन्तोष ? ” भिनाजुलाई पनिढोगिदियो सन्तोषले । “भाग्यमानी हुनु बाबु !” ।

सबै घरकै पिढिमा ओछ्याईएको सुकुलमा बसे । “दिदी !आमाको खबर के छ ? ”

अँ सञ्चै छ आमालाई । यसो फुर्सद मिलाएर जान्छौ हामी हप्तामा । आफ्नै बारिका केही साग पातदहि दुध फल लिएर । यतै आउनुस भनेको पटक्कै मान्नुभएन ।म त्यता गए भने सन्तोष फर्किदैन , मएक्लै छु भनेर चाडै फर्किन्छ भन्नुहुन्छ ।धेरै सम्झिरहनुहुन्छ बाबु तिमीलाई । दहि दियो भने निसन्तोषलाई असाध्यै मन पर्छ दहि , के खादैहोला भनेर हातमा लिईरहनुहुन्छ । यति भन्दै गर्दा सन्तोषभकानिएर रुन्छ । गोदावरी पनि मन थाम्न सकिनन्।…

“दिदी भाई रुदै बस्ने कि केहि पकाएर नि खुवाउछौ ?”

भिनाजुको कुराले दिदी “कस्तो म त । उति छाढा बाट आको भाइलाई ।एकैछिन है सँतोष ।” भित्रछिरिन्। मुनु मामाको काखमा बसिन । अस्ति नेपालगञ्जमा मार्टमा सामान किन्दा २ रुपैया फिर्तादिनुको साटो ४ वटा हाजमोला दिएको थियो । काठमाडौं बाट ल्याएको चाइनिज अक्षर भएकाचकलेटको पोको त सबै काबेरी दिदीले बाडिदिईहालिन । मुनुलाई त्यै हाजमोला दियो सँतोषले ।मुनु पनि “मामाले परदेशबाट ल्याईदिएको मिठाई “भन्दै जिब्रो ट्वाक्क ट्वाक्क पार्दै १ घण्टा लगाएरमुखमा लिएर खाइरहिन । त्यसको बोक्रा पनि मायाले धेरै बेर हातमा लिईन , सुत्दा पनि हातमैलिईरहिन् ।

“सन्तोष ! हात धोएर खाना खान भित्र आउ ”

गोदावरीले बोलाएपछि हात धोएर सन्तोष भित्र गयो ।मुनु पनि पछि लागिन् ।

पिडालु हालेर जिम्मु झानेको दाल ,भात , रायो को साग , सिलौटोमा पिसेर टिमुर हालेको टमाटरकोअचार , सन्तोषलाई अति मन पर्ने दही । ३ वर्षमा कहिले नि खान पाको थिएन । आज पेट चर्किने गरिखायो। “मासु खान दशै आउन पर्छ यता त सन्तोष । मिठो नमिठो के कसो बनाइ दिदीले ” भिनाजुकोमिठास पुर्ण सोधाईले सन्तोष नाजवाफ भयो। आँखा रसिलो भयो। “यसलाई नुनै नहालि दिए निनमिठो भन्नै जान्दैन । जहिले नि सन्तोष मानेर खाने भएर होला नाम राखेको” दिदीको जिकिर।”आमा म पनि खाना खाने मामा सँगै बसेर ।”

“अगि भर्खरै खाकी हैनौ मुनु ? १ घण्टा नि भा छैन ”

“देउ न त । बल्ल बल्ल मामा सँगै बसेर खान पाकि छे ”

मिठासपुर्ण सम्बाद सुनिरह्यो सन्तोषले।

मन गह्रुङ्गो बनाउदै काबेरी दिदीले साटेको धोती , गञ्जी झोला बाट निकालेर दिदी भिनाजुलाईउपहार दियो ।

“किन दुख गर्न पर्थ्यो र बाबु तिमीले ? नल्याएको भए नि हुन्थ्यो । मलाई लाउन खाचो छैन नि बाबु।”

“सन्तष ! तिमीले परदेशमा नङ्ग्रा खियाएर , रगत पसिना बगाएर , छाक काटि काटी कमाएकोपैसाले यस्तो फजुल खर्च गर्नु हुन्न थ्यो बाबु ।”

भिनाजु र दिदीको कुराले भकानिएर रुन्छ सन्तोष गोदावरीको काखमा टाउको राखेर । यति खेरसन्तोषलाई किन रोएँ भन्ने पत्तै छैन । मन किन भरिएर आयो थाहै छैन ।

दिदी भिनजु सँग विदा भएर हिड्यो सन्तोष । काँधमा सुटकेस , भिर्ने झोलामा आमाको पछ्यौरा रहातमा कान्छी दिदीले आमालाई पठाएको रायोको साग , दही , सुन्तला र १ सिसी घ्यु लिएर ।कमाउनगएको चिज त सहुको ऋण को व्याज पनि तिर्न नपुग्ने गरि लिएर ………क्रमश ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्