Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीमा आज मुख्यमन्त्री पोखरेलले मन्त्रीपरिषद् बिस्तार गर्दै

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद बिस्तारको तयारी गरिएको छ । जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङ भने यसअघि नै मन्त्री बनीसकेका छन् ।

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ । माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन् । अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई पठाउने भएको छ ।

शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पनि कांग्रेससँग हुनेछ ।यसअघि कांग्रेसबाट कुमार खड्का सामाजिक विकास मन्त्री भइसकेका छन् ।

यस्तै वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ ।यसअघि माओवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भइसकेकी छन् ।

कांग्रेसले भने अहिलेसम्म मन्त्री टुंगो लगाउन सकेको छैन । तर कांग्रेसले राख्ने मन्त्रालय भने टुंगिएको छ ।कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ ।

गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धनबाट सरकार बनेको हो ।मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्