Logo
१३ बैशाख २०८१, बिहीबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २७१४ जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्‍यु

नेपालमा आज २७१४ जनामा कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजा १२२ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ।

पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४४३ जनामा कोरोना संक्रमण देखिएको छ। आज कोरोना थप १२८८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसको संक्रमणबाटमुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५३६ जना रहेका छन्। यसैगरी भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेकोले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्