Logo
८ बैशाख २०८१, शनिबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसङको ग्यालेक्सी एफ २२ नेपाली बजारमा भित्रिदैं, यस्ता छन् विशेषता

नेपाली बजारमा सामसङको ग्यालेक्सी एफ २२ भित्रिदैं छ । सामसङ नेपालले दराज अनलाइनसँगको साझेदारीमा नयाँ ग्यालेक्सी एफ २२ को प्रि बुकिङ्ग शुरु भएको घोषणा गरेको छ ।

ग्यालेक्सी एफ २२ को लन्चसँगै सामसङको एफ सिरिज नेपालमा पहिलो पटक भित्रिँदै छ। ग्राहकहरू अब दराज एप मार्फत साउन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि-बुकिङ्ग गर्न सक्नेछन्।

सामसङ  ग्यालेक्सी एफ २२ अक्टा कोर मिडिया टेक हिलियो जी ८० प्रोसेसोर भएको अत्याधुनिक फोन हो । सामसङ  ग्यालेक्सी  एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्ताहरूलाई सरल डिजाइन दिनका साथ फोनलाई आफु अनुकुल बनाउन सकिन्छ।

सुरक्षाको लागि को फोनको छेउमा फिंगर प्रिन्ट स्क्यानर र अगाडी को क्यामेरामा फेस अनलक फिचर उपलब्ध छ।यसैगरी  यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ ।

ग्यालेक्सी एफ २२ मा ६.४ एचडी डिस्प्ले इन्फिनिटी यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित छ।ग्यालेक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ एमपी वाइड क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा, २ एमपी देप्थ साथै एलईडी फ्ल्याश, प्यानारोमा र एचडीआर जस्ता अन्य फिचर्सहरु रहेको छ।

ग्राहकले एक वर्षको ब्रान्ड वारेन्टी, १४ दिन रिटर्न पोलिसीसँग दराजबाट यो फोन प्रि बुक गरी अर्डर गर्न सक्नेछन् । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज र ६ जीबी र्याम र १२ जीबी स्टोरेज गरी ग्यालेक्सी एफ २२ दुईवटा भेरियेन्टमा उपलब्ध छ ।

४ जीबीको मूल्य २०,४९९ रहेको छ भने ६ जीबी को मूल्य २३,९९ रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्