Logo
१३ बैशाख २०८१, बिहीबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिल्पाका श्रीमान‍्ले यी युवतीलाई फसाउन खोजेका थिए ! उनी भन्छिन् : ‘यो मानिस जेलमै सडोस्’

अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा अहिले प्रहरी हिरासतमै रहेका छन् ।  राज कुन्द्रलाई मंगलबार मुम्बई पुलिसले पोर्नोग्राफी भिडियो बनाउने र सार्वजनिक गर्ने गरेको आरोपमा पक्राउ गरेको छ ।

राज कुन्द्रा अहिले  एकपछि अर्को समस्यामा फस्दै गइरहेका छन् । उनका धरै भित्रि रहस्य अहिले बाहिर खुलीरहेका छन् । मुम्बई क्राइम ब्रान्चले उनीविरुद्ध धेरै प्रमाणहरु फेला पारेको छ । मुम्बई क्राइम ब्रान्चका अनुसार लकडाउनका दौरान कुन्द्राको व्यापार राम्रै चलिरहेको थियो । उनले एक दिनमा ६ देखि ८ लाख भारुसम्मको व्यापार गर्ने गरेका थिए ।

अतिबेला धेरै मानिसहरुले उनीमाथि गम्भिर आरोपहरु लगाइरहेका छन् । उनी २३ जुलाईसम्म प्रहरी हिरासतमै रहनेछन् ।भर्खरैमात्र युट्युबर पुनित कौरले पनि राज कुन्द्राबारे नयाँ खुलासा गरेकी छिन् । उनका अनुसार राज कुन्द्राले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै म्यासेज गरेका थिए ।

यी युवतीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत फ्यानहरुलाई सोधेकी छिन्, ‘के तपाईहरुलाई हाम्रो भेरिफाईड डिएम भिडियो याद छ ? जहाँ राजले ह्वाट्स एपका लागि काम गर्ने अफर मलाई दिएका थिए । म राजको अहिलेको खुलासा देखेरु हैरान भएको छ ।’

पुनितले अर्को इन्स्टा स्टोरीमा लेखेकी छिन्,‘यी मानिसहरुले अरुलाई फसाइरहेका थिए । युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पाम हो भन्ने लागेको थियो । भगवान्, यो मानिस जेलमै सडोस् ।’

 

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्