Logo
१२ बैशाख २०८१, बुधबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगमा आज जसपा विवादबारे बहस, यादव पक्षले आधिकारिकता पाउन सक्ने

जनता समाजवादी पार्टी विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्ने तयारी रहेको छ । आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आज निर्णय गर्ने तयारी गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेका पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

आयोगको कानुन महाशाखा स्रोेतका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ । आयोगले दुवै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको छ ।

दुवै पक्षका ३र३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २र२ घण्टाको समय निर्धारण गरेको छ ।आयोगका अचिव सुरेश अधिकारीका अनुसार दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्नेछ ।

जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ । जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगकोे अभिलेखमा छ ।

उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । महन्थ ठाकुर पक्षले पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने बताएको छ ।

ठाकुर पक्षले थप गरेको कार्यकरिणी समितिबारे आयोगले अझसम्म अद्यावधिक गरेको छैन् ।त्यसैले पनि पुरानै कार्यकारिणी समितिलाई मान्यता दिए यादव पक्षले जसपाको आधिकारिकता पाउने निश्चित छ ।

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्