Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन थुने, नेपाल टेलिकमका प्रमुखलाई कर्मचारीले रातभरी कोठामा ?

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले मंगलबार रातभर कार्यालयमा थुनेका छन् ।

कर्मचारी विनियमावली संशोधनको विषय पहलकारी भूमिका निर्वाह नगरेको भनेर टेलिकम कर्मचारी यूनियले प्रबन्ध निर्देशक अधिकारीलाई थुनेका हुन् ।

कर्मचारी विनियमावली संशोधन गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरेसँगै अधिकारीलाई बुधबार बिहान मात्रै
घर जान दिइएको एक कर्मचारीले जानकारी दिए ।

कर्मचारीहरुले विनियमावली संशोधन नगरेको भन्नै अधिकारीको कार्यकक्षमै धर्ना दिएका थिए । अधिकारीले माग पूरा गर्ने प्रविद्धता जाहेर गरेसँगै उहाँलाई बिहान घर जान दिइएको उनले बताए ।

पछिल्लो केही वर्षदेखि कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर टेलिकम कर्मचारी युनियनहरू संयुक्त रुपमा आन्दोलनरत छन् ।

नयाँ विनियमालीमा प्रबन्ध निर्देशक, उप–प्रबन्ध निर्देशक, निर्देशक लगायत कर्मचारी अवकाश भएपछि पुन तल्लो तहमा फर्कन सक्ने किसिमको व्यवस्था गरिएको छ ।

यसलाई संशोधनगरी स्वतः अवकासमा जानुपर्ने व्यवस्था गर्न कर्मचारीहरुको माग छ । यसअघि उपप्रबन्धक निर्देशक ५ वर्षपछि र निर्देशक ८ वर्षपछि स्वतः अवकासमा जाने व्यवस्था थियो ।

माथिल्लो तहमा पुगेका कर्मचारी तोकिएको अवधि पूरा गरेसँगै स्वतः अवकास नहुँदा कर्मचारीको वृत्ति विकासमा अवरोध पुग्ने भन्दै कर्मचारी युनियनहरुले विरोध गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्