Logo
८ बैशाख २०८१, शनिबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई नाराबाजी रोकेर पार्टी एकता प्रक्रियामा अगाडि बढ्न नेपाल समुहको आग्रह

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नाराबाजी रोकेर एकता प्रक्रियामा अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ अगाडि बढ्न आग्रह गरेको हो । नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालसमूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार (आज) बसेको हो ।

उक्त बैठकमा भीम रावल भने अनुपस्थित थिए । बैठकले एकता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थमा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

एकता वार्ता चलिरहेको बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेता पन्तले बताए । उनले अघि भने, ‘अदालतको फैसलाले प्रष्ट रुपमा ७५ संसदहरुलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछिट त्यसलाई आधार बनाएर अरु निहुँ झिकेर स्पष्टीकरण सोध्नु राम्रो भएन ।’

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्