Logo
१३ बैशाख २०८१, बिहीबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरलाई प्रधानमन्त्री देउवाको प्रश्न : तपाई सरकारमा आउने हो र ?

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरले प्रधानमन्त्रीसँग जसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णय र राखेका मागबारे जानकारी गराएको बताइएको छ ।

जसपाको ठाकुर पक्षले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

ठाकुरनिकट स्रोतले भन्यो ‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्षज्यूले पार्टीका राजनीतिक मागहरू राख्नुभएको छ । विश्वासको मत दिनुअघि नै प्रधानमन्त्रीले केही प्रतिबद्धता गर्नुभएको छ । त्यसैलाई स्मरण गराउने काम भएको छ’ ।

ठाकुरसँगको भेटमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको बताएका थिए । देउवाले ठाकुरलाई सरकारमा सहभागी हुनेबारे जिज्ञासा समेत राखेका थिए ।

‘प्रधानमन्त्रीले विश्वासको मत दिएकोमा धन्यवाद दिनुभयो, माग पूरा गर्न सकारात्मक रहेको बताउनुभयो र सरकारमा आउनेबारे महन्थजीको धारणा सोध्नुभयो’, भेटबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

जवाफमा ठाकुरले सरकारमा सहभागी हुनेभन्दा माग पूरा गराउने आफ्नो उद्देश्य रहेको बताएका थिए । ठाकुरले सरकारले आफ्ना माग पूरा गर्न सक्रियता देखाए सरकारमा सहभागी हुनेबारे पछि विचार गरउला बताएका थिए ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्