Logo
११ बैशाख २०८१, मंगलबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता अक्षयकुमार दोस्रो पटक भगवानको भूमिकामा देखिदैँ

बलिउड अभिनेता अक्षयकुमार फिल्म ‘ओ माई गड २’मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिदैँ छन् । यस अगाडि यसै फिल्मको पहिलो सिक्वेलमा उनले यस्तो भूमिका निर्वाह गरेका थिए ।

बलिउडमा फिल्म ‘ओ माई गड’को सिक्वेलका लागि लामो समयदेखि कसरत र चर्चा थियो । अहिले भने फिल्मको सिक्वेल बन्ने तयारी पुरा भएको बताइएको छ ।

‘ओ माई गड’को सिक्वेलमा अक्षयकुमार परेश रावलसँग भने देखिने छैनन् । यो फिल्मका लागि रावलको स्थानमा पंकज त्रिपाठी भित्रिएका छन् । साथै फिल्मका निर्देशक समेत फेरिएका छन् । ‘ओ माई गड’ उमेश शुक्लाले निर्देशन गरेका थिए भने अवको सिक्वेलका निर्देशक अमित राय हुन् ।

फिल्ममा अक्षयकुमार, पंकजको अलवा यामी गौतम पनि मुख्य भूमिका रहनेछिन् । फिल्मको सुटिङ अगस्टमा सुरु हुनेछ ।फिल्मका लागि अक्षयकुमारले १५ दिनको समय निर्देशकका लागि दिएका छन् । अक्षयकुमार यो फिल्म अगाडि ‘बेल बोटम’ सुटिङ पुरा गर्नेछन् । जसका लागि उनी इग्ल्याण उड्नेछन् । त्यहाँबाट फर्किए लगत्तै उनले ‘ओ माइ गड २’ सुटिङ गर्ने सेड्यूल रहेको छ ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्