Logo
१२ बैशाख २०८१, बुधबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोन्सन एण्ड जोन्सन कोरोना खोप ३३ प्रतिशत मात्रै प्रभावकारी : अध्ययन

एक डोजमा मात्र लगाए पुग्ने भनिएको जोन्सन एण्ड जोन्सन  कोरोना खोपको प्रभावकारीता ३३ प्रतिशत मात्रै देखिएको रिपोट प्रकाशित भएको छ ।

मंगलबार एउटा अधययन रिपोर्ट प्रकाशित भएको छ यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ।

जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोना खोप खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी रहेको अध्ययनले देखाएको छ।

अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्ने औंल्याएका छन्। जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन्।

नेपालमा पनि अमेरिकी सरकारले उक्त खोप १५ लाख डोज अनुदानमा दिएको छ। नेपालमा ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरुलाई जोन्सन एन्ड जोन्सन खोप साउन ४ देखि लगाउन सुरू गरिएको छ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्