Logo
१३ बैशाख २०८१, बिहीबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपीले देखाएको बाटो आत्मासाथ गर्नु अहिलेको कांग्रेस नेतृत्वको आवश्यक्ता : प्रकाशमान सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले विपीले देखाएको बाटो आत्मासाथ गर्नु वर्तमान कांग्रेस नेतृत्वको आवश्यक्ता भएको बताएका छन् ।

आज ३९ औं विपी स्मृतिका अवसरमा सामाजिक सञ्जालमा श्रद्धाअञ्जली अर्पण गर्दै नेता सिंहले विपीको राजनीतिक योगदानको स्मरण गरेका छन् ।नेता सिंहले विपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने विषयलाई वर्तमान कांग्रेस नेतृत्वले आत्मासाथ गर्नुपर्ने बताए ।

नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि विपीले गरेको योगदान स्मरणीय भएको भन्दै उनले आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातान्त्रकाप्रति उनको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुँने उल्लेख गरे ।

साथै उनले मुस्लिम धर्मावलम्बीहरूको महान चाड इदका अवसरमा सबै मुस्लिम समुदाय तथा आम नेपाली समूदायमा शुभकामना ब्यक्त गरे ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्