Logo
११ बैशाख २०८१, मंगलबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा संसदीय समितिको सभापति बने खिम बिक्रम शाही

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि खिम बिक्रम शाही गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् ।

समितिमा मंगलबार (आज) भएको निर्वाचनमा सर्वसम्मत रुपमा शाही सभापतिमा चयन भएका हुन् ।१३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई नै समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

शाहीलाई मंगलबारै सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् र शाहीले कार्यभार पनि सम्हालेका छन् ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्