माधव नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेटवार्ता
नकपा एमालेका नेता माधव कुमार नेपालाई प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई छुट्टा छुट्टै भेटेका छन् ।
मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा नेपाल, दाहाल र यादवबीच छुट्टाछुट्टै भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।
करिब एक घण्टाको वार्तापछि प्रचण्ड नेपाल निवासबाट बाहिरिएपछि यादव नेपाल निवास प्रवेश गरेका हुन् । छुट्टा छुट्टै भएको भेटमा छलफलको विषय भने खुलाइएको छैन ।