Logo
८ बैशाख २०८१, शनिबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङमा घरेलु मदिरा सेवनबाट चार मजदुरको मृत्यु, दुईको अवस्था गम्भीर

गण्डकी प्रदेश स्थित बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ ।

गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

उनीहरु गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीले बताए ।

गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइरहेको छ ।

दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताए ।

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । । उनीहरुको अवस्था गम्भीर रहेको छ ।
होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्