Logo
३ माघ २०८१, बिहीबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले सोधेको स्पष्टीकरण र एकता प्रक्रियाबारे छलफल गर्न एमालेको माधव पक्षको बैठक

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताहरु डल्लुमा छलफलका लागि जुटेका छन् । स्रोतका अनुसार डल्लुमा यो समूहको बैठक चलिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु अहिले बैठकमा जुटेका हुन् ।

आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् ।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्