Logo
४ बैशाख २०८१, मंगलबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर २४४५ जनामा कोरोना पुष्टि, ३२ संक्रमितको मृत्यु

नेपालमा आज थप २४४५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १२५८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भइसकेका छन्।  त्यस्तै २४ घण्टामा ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २२ हजार ३३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५०३ संस्थागत आइसोलेसनमा रहेका छन।

संस्थागत आइसोलसनमध्ये ५६४ जना आइसियुमा र १५५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३०४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्