Logo
१३ बैशाख २०८१, बिहीबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा खैरो हिरोइनसहित एक वडाध्यक्ष रंगेहात पक्राउ

प्रदेश नं २ स्थित पर्सामा एक वडाध्यक्ष खैरो हिरोइनसहित पक्राउ परेका छन् ।

पर्साको पकहाँ मैनपुर गाउँपालिकाका-१ धोरेका वडाध्यक्षसहित ३ जना खैरो हरोइनसहित पक्राउ परेका हुन् । प्रहरीले ७९ ग्राम खैरो हिरोइनसहित पकहाँ मैनपुर गाउँपालिका-१ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ गरेको हो।

वडाध्यक्ष सहनी चढेको ना. १ ब. ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका-१९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हिरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका वडाध्यक्षसहित तीनै जनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । वडाध्यक्षसँग पक्राउ परेका सहनीद्वयको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्