Logo
१२ बैशाख २०८१, बुधबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै मण्डपमा छोरी र बावु-आमाले विवाह गरेपछि…!

विवाहको प्रचलन देश र ठाउँअनुसार फरक हुने गर्दछ । प्रत्येक देशमा विवाहको आ-आफ्नै किसिमको परम्परा छन् । पछिल्लो समयमा कोरोना भाइरसको कारण विवाह गर्ने तरिका परिर्वतन भएको छ ।

भारतको झारखण्डको राँचीमा अनौठो वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । एकै मण्डपमा छोरी, आमा-बुबाले विवाह गरेका छन् । समाचार अनुसार छोरीका आमा बुबा २० वर्ष देखि विवाह नगरी सँगै बस्दै आएका थिए ।

छोरीको विवाहको दिनमा आमा-बाबु पनि विवाह बन्धनमा बाधिएका हुन् । यो आश्चर्य लाग्दो विवाहको चर्चा संसारभर भैरहेको छ ।

वास्तवमा रांचीको दीनदयाल नगरमा एक क्लबमा नयाँ परम्पराअनुसार २० वर्षदेखि ५१ वर्ष सम्म उमेरका लिव इन टुगेदरमा बस्दै आएका १२० जोडीहरुले एकै मण्डपमा विवाह गरेका हुन् ।

विवाह समारोहमा पिता सुधेश्वर गोपले आमा परमी देवी र उनीहरुकी छोरी कलावती देवीले पति प्रतापसँग अलग–अलग फेरो लिएका हुन् ।

वैवाहिक कार्यक्रमपछि सुधेश्वरले गरिबीको कारण २० वर्ष देखि विवाह नगरेको बताए ।विवाह गर्ने सबै जोडीहरु श्रमिक थिए । विवाहमा एक समाजसेवी कार्यकर्ताले खर्च जुटाएकी थिइन् ।

विवाहको भोज पनि खुवाइएको थियो ।

 

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्