Logo
१३ बैशाख २०८१, बिहीबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयले दियो २३ क्याम्पसलाई एमबीएस पढाउन स्वीकृति

त्रिभुवन विश्वविद्यालयले २३ क्याम्पसलाई एमबीएस पढाउन स्वीकृति दिएको छ ।

त्रिवि व्यवस्थापन सङ्कायले सामुदायिक क्याम्पसका रुपमा सञ्चालित २३ वटा क्याम्पसलाई एमबीएस कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको हो ।

त्रिवि कार्यकारी परिषद्ले गत असार २८ गते यस्तो निर्णय गरेको हो ।जसअनुसार शैक्षिक सत्र ०७८/७९ देखि एमबीएस कार्यक्रम सञ्चालन हुँदै छ ।

सम्बन्धन प्राप्त गर्ने क्याम्पसहरूमा उपत्यकाबाहिर २१ र काठमाडौँका दुई वटा कलेज रहेको त्रिविद्वारा जारी सूचनामा उल्लेख छ।

स्वीकृति पाएको क्याम्पसले कार्यक्रम सम्बन्धन शुल्क बुझाएको बैङ्क भौचरसहित यही साउन १० गतेभित्र डीनको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

सम्बन्धन प्राप्त काठमाडौँ उपत्यकाभित्रका क्याम्पसले पाँच लाख र उपत्यका बाहिरकाले दुई लाख ५० हजार रुपैयाँ सम्बन्धन शुल्क बुझाउनुपर्ने छ ।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्