Logo
१३ बैशाख २०८१, बिहीबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।

‘खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय सरकार महानगररउपमहानगररनगरपालिका वा गाउँपालिकाले समन्वयमा गर्ने हुँदा सबै संवेदनशील बनिदिनु हुन र यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न र सबै खोप केन्द्रहरू सञ्चालन भएका अस्पताल वा खोप केन्द्रमा खोप दिने जनशक्तिको व्यवस्थापनका लागि सम्बन्धित सबै पक्षलाई मन्त्रालय अपिल गर्दछ’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले हाल देशका विभिन्न जिल्लाहरूमा ५५ वर्षभन्दा माथिका नागरिकका लागि तथा विश्वविद्यालय र विद्यालयका शिक्षक, यातायात सेवामा संलग्न तथा यस अगाडि छुटेका अत्यावश्यक सेवामा कार्यरतहरूका लागि भेरोसेल तथा अब क्रमशः ५०-५४ उमेर समूहमा जोन्सन एन्ड जोन्सनको खोप साथै ६५ वर्ष माथिका नागरिकहरूको दोस्रो मात्राको कोभिशिल्ड खोप पनि सुचारु हुने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सरकारले यही साउन १५ गतेभित्र चीनबाट ३२ लाख डोज खोप ल्याइसक्ने जानकारी दिइसकेको छ ।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्