Logo
६ बैशाख २०८१, बिहीबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोनसन एण्ड जोनसन खोपलाई लिएर कुनै शंका नगर्न स्वास्थ्य विशेषज्ञको आग्रह

अमेरिकाले अनुदानमा दिएको कोभ्याक्स कार्यक्रम अन्तर्गत दिएको जोनसन एण्ड जोनसन खोपलाई लिएर कुनै शंका नगर्न स्वास्थ्य विशेषज्ञले आग्रह गरेका छन् ।

जोनसन एण्ड जोनसन कोरोनाविरुद्धको खोपले स्थायुसम्वन्धी कोषलाई असर गर्ने कुरा बाहिरिएपछि खोपलाई लिएर जनमानिसमा शंका उब्जिएको छ ।

यो खोपले पहिला अमेरीकामा लगाउँदा मानिसको स्नायु सम्वन्धी समस्या सृजना गरेको भन्दैअमेरिकाको औषधी सम्बन्धी नियामक निकायले खोपलाई प्रतिवन्ध लगाएको समाचार आएको थियो ।

पछि उक्त निकाएले यो खोपको बेफाइदा भन्दा पनि फाइदा बढी भएको भन्दै अमेरिकाको औषधी सम्वन्धी नियामक निकायले उक्त खोपलाई लगाएको प्रतिवन्ध हटाएको थियो ।यही कुरालाई लिएर अहिले जनमानिसमा शंका उब्जिएको छ ।

जसमा विज्ञहरुले सबै प्रकारका खोपमा दुर्लभ किसिमका केही समस्या देखिने सम्भावना रहने तर यो अत्यन्त न्यून संख्यामा हुने हुँदा ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।

सवा करोड जनालाई खोप लगाउँदा सय जनामा यस्तो समस्या देखिएको बताइएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुनले खोपले स्वास्थ्य समस्या देखाउन सक्छ है भनेर उनीहरुले पहिले नै जानकारी गराएको भन्दै सबै खोपको दुर्लभ असर हुने हुँदा खोपलाई लिएर कुनै शंका नगर्न आग्रह गरेका छन् ।

जोनसनको खोपले असर गर्छ कि गर्दैन भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले समेत अनुसन्धान गर्ने जनाएको छ । कोभिसिल्ड र भेरोसेल खोपको पनि केही दुर्लभ प्रभाव रहेको बताइन्छ । विश्व स्वास्थ्य संगठनले प्रयोग गर्न अनुमति दिइसकेको खोप सरकारले साउन ४ गते देखि ६ गते सम्म ५० देखि ५४ बर्ष उमेर समुहका व्यक्तिलाई लगाउने निर्णय गरिसकेको छ ।

अमेरिकाले एक डोज मात्र लगाए पुग्ने १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप नेपाललाई दिएको हो ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्