Logo
४ बैशाख २०८१, मंगलबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा भुक्तानी

एन आई सी एशिया बैंकले घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी गरेको छ ।बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको हो ।

यस बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएको दमक-५, झापा निवासी ४४ वर्षिय श्री गजेन्द्र विक्रम कटुवालज्यूलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो ।

निजलाई यस बैंकको प्रदेश १ का डेपुटी पिएइ श्री प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ ।

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको श्री गजेन्द्र विक्रम कटुवालले बताए ।‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,’ उनले भने ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको  ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरी सकेका छन् ।

यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब २७ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्