Logo
१२ बैशाख २०८१, बुधबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आजदेखि जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइदैँ

देशभर जोन्सन र भेरोसेल खोप आजदेखि लगाइने भएको छ । सोमबार स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मङ्गलवारदेखि दुवै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकोले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् ।

जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्ग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।

खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्